नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित


काठमाडौं– विश्वकप छनोट क्रिकेट अन्तर्गत शनिबारको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा खेलमा नेपालले ६ विकेटले पराजय भोगेको हो। यो नेपालको लगातार तेस्रो हार हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेटको षतिमा १ सय ९४ रन बनाएकोमा अपगानिस्तानले उक्त लक्ष्य ३८ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा पुुरा गर्यो।

दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिएपनि नेपाललाई हारबाट जोगाउन सकेनन्। अफगानिस्तानका नाजिबुल्लाह जार्डानले नटआउट ५१ रनको योगदान गरे। ४७ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

मोहमद नाबीले ३४, रहमत खानले ४६, जावेद अहमादीले २६ , कप्तान रसिद खान १४ बलमा २१ रन बनाए। ७५ रन बनाएका नेपालका कप्तान पारस खड्काले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे। ज्ञानेन्द्र मल्लले २३, अनिलकुमार साहले ७, दीपेन्द्रसिंह ऐरीले ३२ , आरिफ शेखले २३, सोमपाल कामीले ९ र रोहितकुमार पौडेल १ रन बनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement