नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित


काठमाडौं– आइसीसी विश्वकप छनोट अन्तर्गत शनिबारको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ।

सातौं स्थानका लागि भएको खेलमा पराजित भएपछि नेपाल आठौं स्थानमा सीमित बनेको छ।

१ सय ९० रन पछ्याएको नेपाल ४४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमा समेटिएको हो।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४ र अनिल साह ८, कप्तान पारस खडका २२, आरिफ सेख ५०, रोहित पौडेल शून्य र दिपेन्द्रसिंह ऐरी २५ रनमा आउट भए।

यसैगरी, करण केसी १३, सोमपाल कामी ३६, सन्दीप लामिछाने १४ र ललित राजवंशी २० रनमा आउट भए।

बलिङतर्फ नेदरल्यान्ड्सका भान डेर मेर्वेले ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement