नेपालमा हाई अलर्ट : आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द

नेपालमा हाई अलर्ट : आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोकथामको उपायस्वरुप सरकारले कारोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशसहित विश्वका ५५ देशबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाइएको छ।

यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ। यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन्। तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्याण्ड, सिंगापुर, अस्टे«लिया र अमेरिकी मुलुकबाट भने नेपाल आउन भने बन्देज छैन। चीन र भारतबाट उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने हुनाले आवगमन ठप्प गर्न अव्यवहारिक हुने सरकारी स्रोतको तर्क छ।याे खबर नयाँ पत्रिका दैनिकमा छ