नेपालको अनुमति बिना भारतले मानसरोवर जाने बाटो उद्घाटन गर्‍यो


काठमाडौं – भारतले लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो एकलौटी उद्घाटन गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो उद्घाटन गरेका हुन् ।

सिंहले सामाजिक सञ्जाल ट्वीटरमा नेपालको सहमतिबिना नेपालकै भूमि हुँदै तिब्बतको मानसरोवरसम्म जाने उक्त बाटोको उद्घाटन शुक्रवार भिडियो कन्फरेन्समार्फत गरिएको उल्लेख गरेका छन् ।

‘आज मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न पाउँदा खुशी छु,’ उनले ट्वीटरमा लेखेका छन्, ‘बीआरओ (बोर्डर रोड अर्गनाइजेसन)ले धार्चुलादेखि लिपुलेक (चीन सीमा) सम्म कैलाश–मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ । भिडियो कन्फरेन्सिङको माध्यमबाट पिथौरागढबाट गुन्जीसम्म झण्डावाल गाडीहरू पनि पठाइयो ।’

बीआरओ भारतीय सेनाको सैन्य संरचना हो, जसले सीमा सडक निर्माण कार्य गर्दै आइरहेको छ । गतसाल भारतले नेपाली भूमि लिपुलेकलाई भारतको भूमि भन्दै नक्सामा समेटेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement