नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी


काठमाडौं – भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् ।

पत्रकारले भारतले गत शनिवार सार्वजनिक गरेको नयाँ नक्सा र सो सम्बन्धमा उठेका विषय र नेपाल सरकारले आधिकारिक विज्ञप्तिका विषयमा सोधेको प्रश्नको जफामा प्रवक्त रविश कुमारले सो नक्सामा भारतको सार्वभौम भूभाग मात्र समावेश गरिएको स्पष्ट पारे ।

उनले नेपाल भारत सीमासम्बन्ध काम गर्न एक संयन्त्र रहेको र त्यसले काम गरीरहेको बताए । उनले भारत र नेपालले सीमासम्बन्धी विषयलाई द्वीपक्षीय मैत्रीपूर्ण छलफलबाट हल गरिने स्पष्ट गरे । साथै सीमा सम्बन्धी विषयलाई कुनै ‘भेस्टेड इन्ट्रेस्ट’ बाट उठाइएको हुन सक्ने तर्फ सचेत रहनु पर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement