नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य,कुशलको अर्धशतक


काठमाण्डु –  नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएकाे हाे ।

नेपालका लागि कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले १८० रनकाे लक्ष्य दिएकाे हाे। उनी ५५ रनमा नट आउट रहे ।

त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement