नेपाल प्रहरीका ३७ डीएसपीहरू एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा चन्द (नामसहित)

नेपाल प्रहरीका ३७ डीएसपीहरू एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा चन्द (नामसहित)


काठमाण्डु- नेपाल प्रहरीले जनपद समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले ३७ डीएसपीहरूलाई एसपीमा बढुवाका लागि सफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द छन् । यस्तै, सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नवीन कृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सूर्य खड्का, दीपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरत कुमार थापा क्षेत्री छन् ।

त्यस्तै बढुवा सिफारिस हुनेहरूमा युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की छन् । यसैगरी श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर पनि बढुृवा सिफारिसमा परेका छन् ।