काठमाण्डु- गृह मन्त्रालयले नेपाल प्रहरीका १८ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।
मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारीलाई सरुवा गरेको छ । यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन् ।
काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
यसैगरी, अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।
प्रतिक्रिया