गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह (सूचनासहित)

गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै सम्बन्धित प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि बिनाजानकारी कार्यालयमा अनुपस्थित रहेको जनाएको छ ।

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम ११५ को उपनियम (२) बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

प्रहरीले सूचना प्रकाशित भएको मितिदेखि बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुर कायम गरी नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने प्रहरीले जनाएको छ।

साथै, प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची १४ को भाग ४ बमोजिम यस सामूहिक सूचनामार्फत सम्बन्धित प्रहरी कर्मचारीहरूलाई सफाइको अवसर प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ।