९१ इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशन, उत्कृष्ट १० मा को–को परे? (सूचीसहित)

९१ इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशन, उत्कृष्ट १० मा को–को परे? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा लिएको अन्तरवार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ।

२०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएर अन्तर्वार्तामा सहभागी भइ मुख्य तथा वैकल्पीक सूचीमा रहेका १ सय २ जनाको अन्तिम नतिजा सार्वजनिक गरेको हो। जसमा ९१ जना इन्सपेक्टरको नाम मुख्य सूचीमा रहेको छ, भने बैकल्पिकमा ११ जना रहेका छन्।

सार्वजनिक नतिजाअनुसार मन्दिप चौहान, सन्दीप बेल्बासे, महेन्द्र सेन, सचिता थापामगर, राजेश सिग्देल, सुवास खतिवडा, भानु शर्मा, बिशाल मल्ल, विष्णु पौडेल र मनिष श्रेष्ठले उत्कृष्ट १० मा नाम निकालेका छन्।