नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धिसम्बन्धी निर्णय कार्यान्वयनमा


काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन् । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि सोमबार अर्थमन्त्री शर्माले नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन् ।

यसअघि रासन वृद्धि घोषणा गरिएपनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन । याेसँगै अब राज्य कोषमा सालवसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । केपी ओली सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा गरेकाे थियाे । तर  कार्याव्यन नभएपछि  प्रहरीमा असन्तुष्टि र विराेध बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement