नेपाल प्रहरीमा चार महिला इन्सपेक्टर डिएसपीमा बढुवा सिफारीस


काठमाडौं– नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षकहरु डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो । बढुवा हुनेमा प्रहरी निरिक्षकहरु शर्मिला गुरुङ, चन्चला श्रेष्ठ, रुपा अ र पुर्णिमाकुमारी चन्द रहेकी छन् ।

चन्द ११ नम्बरमा, गुरुङ १६ नम्बरमा ,श्रेष्ठ २१ नम्बरमा र गुरुङ २३ नम्बरमा बढुवा भएकी हुन् । यससंगै नेपाल प्रहरीमा रिक्त ५९ दरबन्दीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा अघि बढेको हो । इन्स्पेक्टरहरु चन्द, गुरुङ, लाबुङ र श्रेष्ठ २०६७ भदौ २४ मा प्रहरी निरिक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् ।

उनिहरुमध्ये गुरुङ हाल प्रहरी मुख्यालय, श्रेष्ठ महानगरीय प्रहरी प्रभाग मंगलबजारको इन्चार्ज, चन्द हाल महानगरीय प्रहरी प्रभाग पुल्चोकको इन्चार्ज र लाबुङ प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा छन् ।

गुरुङले यसअघि महानगरीय प्रहरी प्रभाग बलम्बुको कमाण्ड गरेकी थिईन भने लाबुङले  महानगरीय प्रहरी प्रभाग सानेपामा कमाण्ड सम्हालिसकेकी छन् । उनिहरुमध्ये दुई पटक इन्चार्ज पाउंने भाग्यमानी भने चन्द हुन् । उनि यसअघि बालाजुमा समेत इन्चार्ज बसेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement