तिहार र छट पर्वलाई लक्षित गर्दै काठमाण्डुमा प्रहरीको जनचेतना


काठमाण्डु – तिहार र छट पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले काठमाण्डुमा जनचेतना मुलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त वानेश्वरले विभिन्न संघ संस्थाको समन्वयमा काठमाण्डु महानगरपालिका ३१ मा सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, ठगी बारे सचेत गराइएको थियो । यस्तै चाडपर्वका नाममा हुने विकृती रोक्न समुदायमा अपिल गरिएको थियो । जुवातास खेल्ने , मदिरा सेवन, लागु औषध सेवन, पट्का वेचविखन जस्ता कार्य नगर्न माइकिङ समेत गरिएको थियो ।

महानगररिय प्रहरी वृत्तका प्रमुख मिम बहादुर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाण्डु महानगरपालिका ३१ का वडा अध्यक्ष नारायण प्रसाद सामुदायिक विकास तथा सेवा समितिका उपाध्याक्ष लिलेन्द्र प्रसादको समेत उपस्थिती थियो ।

गणेश मन्दिर परिसरबाट सुरु भएको र्‍याली ओम शान्ति पार्टी प्यालेस, कारेश्वर मन्दिर, ओम शान्ति चोक फुटसल परिक्रमा गर्दै गणेश मन्दिर परिसरमा पुगी समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement