नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि


काठमाण्डु – नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement