पढ्नका लागि अमेरिका रोज्ने मुलुकमध्ये नेपाल १२औं स्थानमा


काठमाडौं – इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोले सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान तथ्याङ्कसम्बन्धी ओपन डोओर्स रिपोर्ट सार्वजनिक गरेको छ । ब्यूरोले सो रिपोर्ट मङ्सिर २ गते सार्वजनिक गरेको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार, प्रतिवेदनले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्ख्या बलियो रहेको र विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूको रोजाइमा अमेरिका अझै पनि परिरहेको जनाएको छ ।

सन् २०१९ मा स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि अमेरिका जानेमा नेपाली १२ औं स्थानमा छन् । ती तहमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल सङ्ख्या १३ हजार २२९ दूतावासले जनाएको छ ।

गत वर्षको तुलनामा नेपाली विद्यार्थीको कुल सङ्ख्यामा हल्का गिरावट आए तापनि स्नातक तहमा अध्ययन गर्ने र ऐच्छिक व्यावहारिक तालिम रोज्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । प्रतिवेदनका अनुसार शैक्षिक वर्ष सन् २०१८र१९ मा १० लाख ९० हजार अन्तर्रा्ष्ट्रिय विद्यार्थी अमेरिकामा भर्ना भएका छन्, जुन हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement