नेपाल सुपर लिगः काठमाण्डु र धनगढी फाइनलका लागि भिड्ने


काठमाण्डु – नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाण्डु रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् ।

आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ ।

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ ।

दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाण्डु पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement