टी-२० विश्वकप छनोट : यस्तो छ सुपर सिक्सको समीकरण

टी-२० विश्वकप छनोट : यस्तो छ सुपर सिक्सको समीकरण

नेपालले अब यूएई, कतार, ओमान र सामोआसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार राति जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा समूह विजेता बन्दै सुपर सिक्समा स्थान पक्का गरेको छ ।

शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो पनि लागेको छ।

सुपर सिक्समा पुगेको नेपालले अब यूएई, कतार, ओमान र सामोआसँग खेल्ने छ ।

नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ ।

सुपर सिक्समा समूह एबाट यूएई र कतार, समूह बीबाट नेपाल र जापान तथा समूह सीबाट ओमान र सामोआ पुगेका छन् ।

जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ । अब नेपालले जापानसँग सुपर सिक्समा खेल्न पर्ने छैन ।

अब नेपालले सुपर सिक्समा आइतबार समूह एको विजेता यूएई र सोमबार उपविजेता कतारसँग खेल्नेछ । यस्तै बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्नेछ ।

नेपालले खेल्ने ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । तर २ खेल मात्र जिते रनरेटका आधारमा छिनोफानो हुनेछ ।

सुपर सिक्समा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

यस्तो छ नेपालले खेल्ने तालिका

नेपाल भर्सेस् यूएई -२६ असोज (४ : १५ बजे)

नेपाल भर्सेस् कतार -२७ असोज (८ : ४५ बजे)

नेपाल भर्सेस् सामोआ -२९ असोज (८ : ४५ बजे)

नेपाल भर्सेस् ओमान -३० असोज (४ : १५ बजे)