नेपाल टुरीजम बोर्ड र सीएनआई वाईइएफले मनाए दश लाख पर्यटक आगमनको खुशीयाली


काठमाडौं – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआई वाईइएफल) का संयोजक रोहित गुप्ताको नेतृत्वमा युवा उद्यमीको प्रतिनिधि मण्डलले नेपाल टुरीजम बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग हालै भेटघाट गरी नेपालमा १० लाख पर्यटकको आगमनको खुसीयाली विशेष उत्सवपूर्ण मनाएको छ ।

कार्यक्रममा टुरीजम बोर्डले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष प्राप्तीका लागि गरिरहेका प्रयास तथा कार्यक्रमहरुको जानकारी तथा यस लक्ष हासील गर्न युवा उद्यमीहरुले गर्न सक्ने योगदानका विषयमा छलफल भएको थियो । नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटकलाई आकर्षण गर्न विद्यमान पर्यटन गन्तव्य सहित नयाँ गन्तव्य पहिचान गरि सन्चालन गर्ने सोच नेपाल टुरीजम बोर्डले लिएको जोशीले जानकारी उक्त कार्यक्रममा दिए ।

विशेषतः रामायण सर्किट, शिव सर्किट तथा बुद्ध सर्किटलाई जोड दिई धार्मिक पर्यटनको विकास गर्ने तथा विभिन्न स्थानहरुमा ड्युटी फ्री क्षेत्रको स्थापना गरि अन्य पर्यटकहरुलाई समेत आकर्षण गर्ने योजना बोर्डले बनाएको छ । नेपाल जस्तो सानो मुलुकले त्यति धेरै संख्यामा पर्यटकको व्यवस्थापन गर्न सक्छ भन्ने जिज्ञासामा उनले हाल नेपालमा पर्याप्त मात्रामा होटेलहरुको विस्तार भएको जानकारी दिदै काठमाण्डौ बाहेकका क्षेत्रमा पर्यटकहरुले राम्रो अनुभव हासिल गर्ने विस्वास व्यक्त गरेका थिए ।

उनले हाल नेपालमा आउने पर्यटकहरुले निकै कम मात्र खर्च गर्ने गरेकोमा थप खर्च गर्ने प्रवृत्ति बढाउने तर्फ समेत बोर्डले काम गरिरहेको जानकारी दिएका थिए । नेपाल पर्यटनका लागि प्राकृतिकको वर्दान पाएको मुलुक भएको भन्दै नेपालका युवा उद्यमीहरुलाई समेत यस क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नयाँ सोच तथा कार्यक्रमहरु सञ्चानल गर्न आह्वान गरेका थिए ।

छलफलमा वाईइएफका प्रतिनिधिहरुले नेपालले एयरविएनविजस्ता विद्युतिय माध्यमहरुको अधिक्तम उपयोग गर्न कानुन बनाइनुपर्ने, नेपालका स्थानीय उत्पादनहरुको व्यापक रुपमा प्रचार प्रसार गरिनु पर्ने, पर्यटकहरुको सुरक्षाको प्रत्याभूती गर्न, भौतिक पूर्वाधारहरुको सुधार तथा निर्माणमा समेत जोड दिन सुझाव दिएका थिए । कार्यक्रममा परिसंघ युवा उद्यमी मञ्चका संयोजक रोहित गुप्ता लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement