राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको सदस्यमा नेपाल निर्वाचित


काठमाण्डु – नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको सदस्य निर्वाचित भएको छ । नेपालले एसिया प्यासिफिक समूहमा सबैभन्दा बढी १४५ मत प्राप्त गरेर ०२४ देखि २०२६ सम्मका लागि सदस्य चुनिएको हो ।

नेपालसंगै सदस्यमा पाकिस्तान, जापान र बेलायत गरी १८ मुलुक सदस्यमा निर्वाचित भएका छन् । आर्थिक तथा सामाजिक परिषद राष्ट्र संघका ६ प्रमुख अंगहरुमध्ये एक हो ।

एसिया प्यासिफिक क्षेत्रबाट नेपालसहित ११ सदस्य रहने गर्दछन् । अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक मुद्दाहरुमा छलफल गर्ने भएकाले पनि यसलाई महत्वपूर्ण फोरमका रुपमा लिइन्छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत अमृत राई नेतृत्वको टिमको सक्रियताले नेपालको विजय सम्भव भएको हो । राजदूत राईको नेतृत्वमा यसअघि पनि मानवअधिकार परिषदमा सदस्य र सिड्अमा दोस्रो पटक निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement