नेदरल्याण्डसँग नेपाल ३ विकेटले पराजित


काठमाण्डु – त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले हराएको छ ।

त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ७ विकेट गुमाएर नेपाललाई ३ विकेटले हराएको हो ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक÷एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement