काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको छ ।
तेरथाइ क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनायो ।
थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५०, ओपनर नताया बूचाथामले पनि ५०, अफिसरा सुवानचोनराथीले २९ र नाथाकम चान्थमले १४ रन जोडे ।
नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिए ।
आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।
प्रतिक्रिया