काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई विश्राम दिँदै अर्जुन कुमाल र विनोद भण्डारीलाई मौका दिइएको छ ।प्लेइङ ११ मा स्थान बनाएसँगै अर्जुनले सिनियर टोलीमा डेब्यु गर्ने भएका हुन्।
पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्न चाहान्छ। लिग–२ को शीर्ष ६ मा रहेर एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई जितको आवश्यक छ।
सिरिजको आफ्नो दोस्रो खेलमा बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको हो।
नेपालको प्लेइङ ११
अर्जुन कुमाल, विनोद भण्डारी, भिम सार्की, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी




प्रतिक्रिया