नेपालद्वारा नेदरल्याण्ड्स चार विकेटले पराजित


काठमाडाैं -ओमानमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट शृङ्खलाकाे आफ्नाे दाेस्राे खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजय गरेकाे छ। नेदरल्याण्ड्सलाई १३३ रनमा राेक्न ४ विकेटकाे महत्वपूर्ण याेगदान दिएका करन केसीले १४ बलमा ३१रन बनाएपछि नेपाल विजयी भएकाे हाे ।

अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलाे बलमा छक्का, तेस्राेमा चाैका तथा पाँचाैँ बलमा फेरि छक्का प्रहार गरेपछि स्काेर बराबर भएकाे थियाे । पाँचाैँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियाेगिताकाे दाेस्राे जित दिलाएका हु्न् ।

कप्तान पारस खड्काले ४१ बलबाट सर्वाधिक ३३ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले २२ बलबाट २६ रन बनाए । करन केसीले १४ बलमा बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३१ रन जोडे ।

नेदरल्यान्ड्सका लागि रोयलफ मेर्वेले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक २ विकेट लिए । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाएका थिए भने नेपाली बलरले कसिलो बलिङ गरेका थिए । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement