नामिबियामाथि नेपालको रोमाञ्चक जित


काठमाण्डु –  नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको हाे ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। अन्तिम ‍ओभरमा नामिबियालाई १२ रन चाहिदा नेपालका करण केसीले ८ रन मात्र खर्चिए।

यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ। शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement