नेपालद्वारा ​पपुवा न्यूगिनी ६ विकेटले पराजित


काठमाडौं– जिम्बाबेको हरारेमा पपुवा न्यु गिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले नटआउट ५० तथा आरिफ शेख २५ र क्याप्टेन पारस खड्काले २० रनको योगदान गरे।

ओपनर ज्ञानेन्द्र मल्ल १०, अर्का ओपनर अनिल शाह ९ रनमा आउट हुँदा रोहित पौडेलले नटआउट ३ रन बनाए।

यसअघि बलिङ गरेको नेपालका सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४–४ तथा करण केसी र सोमपाल कामीले १–१ विकेट लिए।

अब नेपालले एकदिवसीय मान्यताका लागि हङकङ र नेदरल्याण्डको खेललार्इ हेर्न पर्ने भएको छ।
नेदरल्याण्डसँग हङकङ पराजित भएमा नेपालले एकदिवसीय मान्यता पाउने छ।

यदि हङकङ विजयी भएमा सातौ स्थानको प्लेअफका लागि हुने नेपाल र हङकङ विचको विजेताले एकदिवसिय मान्यता पाउनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement