नेपाल र जिम्बावेको एकदिवसीय विश्वकप छनोटखेल चल्दै, डेब्यू खेलमै ललितले लिए विकेट


काठमाडौं – आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिएका छन् । ललितले क्राइग इर्भिनलाई ४२ रनमा आउट गरे । योसँग नेपालले जिम्बावेको चार विकेट लिएको छ ।

२३ बलमा ४ छक्का र ३ चौकासहित ४१ रन बनाएका केफास झुवाओलाई वसन्त रेग्मीले आउट गरे । त्यस्तै, अर्का ओपनर सोलोमन मिरेलाई ४१ बलमा ३ छक्का र ५ चौकासहित ५२ रन बनाएको अवस्थामा वसन्तले नै आउट गरे ।

त्यसअघि २३ बलमा ३ चौकासहित १७ रन बनाएका ह्यामिल्टन मासाकाट्जालाई सन्दीप लामिछानेले आउट गरे । ललित राजवंशीले जिम्बावेका सीआर इर्भिनलाई आउट गर्दै चौथो विकेट लिएका छन् ।  आज ललितले डेब्यू गरेका हुन् । इर्भिनले ५० बलमा एक चौकासहित ३४ रन बनाएर आउट भए । ३२ ओभरको समाप्तिमा जिम्बावेले ३ विकेट गुमाउँदै २०४ रन बनाएको छ ।

नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । अर्कोतर्फ नेपालका लागि आज जिम्बावेमा पहिलो औपचारिक खेल हुनेछ ।

क्विन्स स्पोट्स क्लबको तथ्यांक
पहिलो इनिङको औसत रन– २३५ रन
दोस्रो इनिङको औसत रन– २०६ रन
उच्चतम रन– ३९७÷५
न्यूनतम रन– ११८÷१०
उच्चतम लक्ष्य पार – ३२९÷९
न्यूनतम लक्ष्य डिफेन्डेड– २११÷६
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी,आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी ।
जिम्बावे टिम
ग्रिम क्रेमर (कप्तान), टेन्डाइ चातारा, काइग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, सिकन्दर राजा, ब्रेन्डर टेलर (विकेटकिपर), ब्रियन भिटोरी, चेपास जुआओ।

प्रतिक्रिया दिनुहोस
Advertisement