नेपाली सेनाको टोलीबाट आमादब्लम हिमालको सफल आरोहण


काठमाण्डु – नेपाली सेनाको आरोहण टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको छ ।

‘सफा हिमाल अभियान–२०२१’ को दौरान हाई क्याम्पको फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको टोलीले सफल आरोहण गरेको सेनाले जनाएको छ ।

उक्त टोलीले वैशाख ३० गते ९ः५८ बजे ६,८१२ मिटर अग्लो आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेको हो ।

बैशाख १२ गतेबाट नेपाली सेनाले सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित सो अभियान अन्तर्गत उक्त टोली हिजो राती आमादब्लमको क्याम्प दोस्रोबाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement