नेपाली सेनाको हेलिकप्टरमार्फत भैरहवामा ४० अक्सिजन सिलिन्डर लगियो


काठमाण्डु – रुपन्देहीमा अक्सिजन अभावले कोरोना संक्रमितको मृत्यु भएपछि ४० वटा अक्सिजन लगिएको छ ।

बुधबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत भैरहवामा ४० अक्सिजन सिलिन्डर लगिएको हो ।

काठमाण्डुबाट गएको सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पु¥याएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उक्त अक्सिजनका सिलिन्डरहरु लुम्बिनी अस्पताल र भीम अस्पताललाई दिइनेछ । यी दुई अस्पतालमा अक्सिजन अभावमा एकै दिन ८ जना बिरामीको मृत्यु भएपछि सिलिन्डर लगिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement