सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाण्डु ल्यायो


काठमाण्डु – सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाण्डु ल्याएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाण्डु ल्याएको थियो ।

विराटनगरबाट हिजो र आज काठमाण्डु ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाण्डु उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफनो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर सङ्कलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो ।

पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement