भारतीय सेनाले नेपाली सेनालाई दियो स्वास्थ्य सामाग्री


काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप पठाएको स्वास्थ्य सामाग्री नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।

शुक्रबार बिहान जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई राजदूत क्वात्राले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलले भारतीय सेनाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा प्रयोग हुने सामाग्री पठाएको जानकारी दिए ।

कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसियू वेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।

हस्तान्तरण कार्यक्रममा थापाले भारतीय राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement