बाढी पहिरो पीडितहरुको उद्धारमा नेपाली सेना

बाढी पहिरो पीडितहरुको उद्धारमा नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु— बाढी पहिरो पिडितहरुको उद्धारमा नेपाली सेना खटिएको छ । नेपाली सेनाले आज विज्ञप्ति जारी गर्दै अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि उद्धार कार्य संचालन गरिएको जानकारी गराएको हो ।

सेनाले चितवन जिल्ला, माडी नगरपालिका वडा नं.१ स्थित बरुवा, सेरुवा, गर्दी, पाण्डवनगरमा डुवानमा परेका स्थानिय व्यक्तिहरुको सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै खैरहनी नगरपालिका वडा न.१ स्थित नयाँबस्तीमा कयर खोलाबाट कटान हुन सक्ने संभावित स्थानहरुमा तटबन्ध निर्माण कार्यमा सहयोग गरेको छ ।

त्यस्तै मकवानपुर, लमजुङ्ग, पर्वत पाँचथर, तनहुँ नवलपुर, गुल्मी, पाल्पा र प्युठानमा बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा पुनस्थापनामा सहयाेग पुर्याएकाे नेपाली सेनाले जनाएको छ ।