नेपाली सेनाको नेतृत्व शर्माको हातमा, प्रधानसेनापति थापाद्वारा नेतृत्व हस्तान्तरण

नेपाली सेनाको नेतृत्व शर्माको हातमा, प्रधानसेनापति थापाद्वारा नेतृत्व हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच प्रधानसेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

प्रधानसेनापति थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । भदौ २४ बाट थापाले  अनिवार्य अवकाश पाउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् ।

प्रधानसेनापति थापा आजदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो । उनले साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।

र याे पनि

यी हुन् भावि प्रधानसेनापति शर्माका चुनौती र अवसर