सेनाकाे हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरू


काठमाण्डु  – नेपाली सेनाले हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ गरेको छ । सेनाका उपरथी बालकृष्ण कार्कीले नगरकोटस्थित सैनिक वार कलेजमा सि.सं.१० हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको सुभारम्भ गरेका हुन् ।

नेपाली सेनाको रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त अवसरमा शिक्षार्थि अधिकृतहरुलाई कर्यक्रमलाई सम्बोधन गर्दै उपरथी कार्कीले यस तालिमले सहभागीहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताए । साथै उनले जटील अपरेशनल वातावरणमा समेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उक्त तालिममा २९ जना महासेनानी तथा प्रमुख सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement