नेपाली सेनाले आफ्ना कर्मचारीलाई हवाई र बसबाट नि:शुल्क घर पठाउँदै (तालिकासहित)


काठमाण्डु – नेपाली सेनाले दसैंको अवसर पारेर निःशुल्क रूपमा आफ्ना कर्मचारीलाई यातायात तथा हवाई सेवा सुरू गरेको छ । सेनाले असोज १८ गतेदेखि निःशुल्क हवाई तथा यातायात सेवा सुरू गरेको हो ।

जंगी अड्डाका अनुसार सेवा असोज ३० गतेसम्म जारी रहने छ । सेनाले आफ्ना सबै दर्जाका कर्मचारीलाई तथा आश्रित परिवारका लागि मात्रै यो सेवा दिनेछ ।

सडक सञ्जालको पहुँच पुगेका ठाउँमा बस र नपुगेका पहाडी, हिमाली तथा दुर्गम ठाउँमा सेनाको स्काई ट्रक र एमआई–१७ हेलिकप्टरबाट पु¥याइने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए ।

हालसम्म ५२० जना सकलदर्जा र आश्रित परिवारलाई यातायात र हवाई उडानबाट ८६ जनालाई गन्तव्यमा पु¥याइएको उनले बताए । प्रवक्ता पौडेलले आफ्नो फौजमा कार्यरत् र तिनका परिवारलाई कल्याणकारी सेवा सुविधा अन्तर्गत यो सेवा दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement