सेनाको टोलीद्धारा गाँजा तस्कर पक्राउ


काठमाण्डु – नेपाली सेनाको टोलीले अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणबाट खटिएको एल.आर.पि. टोलीले विशेष सूचनाको आधारमा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोलाका २८ वर्षिय बुद्ध बहादुर व्लोन लामालाई पक्राउ गरेको हो ।

लामालाई निकुञ्जको कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा गाँजा १०३.९२ केजी, मोबाइल सेट २ थान, झोला २ थानसहित पक्राउ गरि पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement