कांग्रेसका नेता, कर्मचारी र पिएसओहरुमा कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

कांग्रेसका नेता, कर्मचारी र पिएसओहरुमा कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार दिउँसोका लागि बोलाइएको बैठक स्थगित भएको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित कार्यालय सहयोगी, पिएसओलगायतमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोनाको संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भएर बैठक गर्नु अनुपयुक्त देखिएकाले बैठक स्थगित गरिएको जानकारी दिए ।

‘आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ,’ पौडेलले भनेका छन्, ’बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तीब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ ।’