कांग्रेसले भन्यो-हामी आतंकवादको विरुद्ध छौं

कांग्रेसले भन्यो-हामी आतंकवादको विरुद्ध छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारूढ दल नेपाली कांग्रेसले कुनै पनि किसिमको आतंकवादको विरुद्धमा नरहेको जनाएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेस आतंकवादको खिलापमा रहेको बताएको छ ।

कांग्रेसले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा रहेको पनि बनाएको छ ।

बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भारतको पहलगाममा भएको आतंकवादी आक्रमणलाई कांग्रेसले कडा शब्दमा निन्दा गरेको छ । हामी जहिले पनि आतंकवादको खिलापमा छौँ। आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौं। आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ। युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ। सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ, जवाफि कारबाही भएको छ।’ महतले भने

उनले युद्धको रुपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस्, भन्ने बैठकले निष्कर्ष निकालेको पनि बताए ।

गर्भनर नियुक्ति चाँडै

बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताए । देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वासन दिएका हुन् ।

महतले पनि सभापति देउवाको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ भन्नुभएको छ । प्रोफेसनल, व्यावसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यावसायिक व्यक्तित्वको हातमा जानुपर्‍यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको चाँडो निर्णय हुन्छ र एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नुभएको छ ।’