धमाधम हुँदैछ भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी (तस्विरहरू)

धमाधम हुँदैछ भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी (तस्विरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नियमित कि विशेष महाधिवेशनको विषयमा देशकै ठुलो राजनीतिक दल नेपाली कांग्रेस अहिले विभाजित छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जसरी पनि विशेष महाधिवेशन गर्ने अडानमा छन् ।

पार्टीले नियमित महाधिवेशनको कार्यतालिका आम निर्वाचनपछि सारेपछि बहुसंख्यक नेताहरू विशेषको पक्षमा लागेको दाबी गरिएको छ ।

विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गते काठमाण्डुको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

त्यसका लागि महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ ।