बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनसंग छलफल गर्दै छ ।

आज विहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ ।

सोही बिषयमा अव कसरी अगाडी बढ्नेभनेर विपक्षी गठबन्धनमा छलफल गर्न लागेको कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल सुरु गर्न लागेका हुन् ।

विपक्षी गठबन्धनका नेताहरु देउवा निवास बुढानिलकण्ठ पुग्दैछन् । राष्ट्रपतिबाट साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प लगाउने निर्णय कांग्रेसले गरेको छ ।