स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली बुधबार साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी(२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।