त्रिकोणात्मक सिरिजको फाइनल आज , नेपाललाई उपाधि जित्ने अवसर


काठमाण्डु – त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । फाइनलमा उत्रँदा नेपालसामु पहिलोपल्ट यो संरचनामा उपाधि जित्ने अवसर हुनेछ । पछिल्लो एक दशकमा राम्रो प्रभाव पार्दै नेपालले ट्वान्टी–२० विश्वकप नै खेलेको छ । तर हालसम्म नेपालले ट्वान्टी–२० को कुनै उपाधि जितेको छैन ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement