आज दुई फिल्म प्रदर्शनमा

आज दुई फिल्म प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- फागु पूर्णिमाको अवसरमा बिहीबार २ वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । बायोपिक फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन् ।

‘अञ्जिला’ फुटबलर तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो । यस फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् ।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा गरिएको हो। प्रेमकुमार श्रेष्ठ निर्माता रहेको फिल्ममा एञ्जिलासहित सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय छ ।

त्यसैगरी, एक्सन जनरामा निर्माण भएको ‘आउटलः दफा २१९’ सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन् ।