नेपाली फुटबल टोली स्वदेश फिर्ता


काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । फिफा विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको ३५ जनाको नेपाली फुटबल टोली कतार एयरवेजको उडानमार्फत काठमाण्डु आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो । विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार फर्किएका छन्। उनी एक साताको बसाईपछि मात्रै नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यस्तै, डिफेन्डर रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement