नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्न भारत सकारात्मक

नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्न भारत सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ । हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक भएको हो ।

नेपालका तर्फबाट वार्ता टोली प्रमुख आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छ।