नेपाली सेना आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ : रक्षामन्त्री खड्का


काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शान्ति स्थापनामा नेपाली सेनाको भूमिका विश्वमा सम्मानित भएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाको भूमिका विश्वमा सम्मानित भएको बताएका हुन् । रक्षामन्त्री खड्काले मुलुकको आवश्यकता अनुसार सेनालाई परिचालन गरेको समेत बताए ।

उनले भने, ‘त्यो सेना पूर्ण रुपमा आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ । सेनाको संख्या विपद व्यवस्थापन, निर्माण, शान्ति सेनामा लगाएका छौं । सामान्य ठेकेदारी प्रथामा हुन नसकेको काम सेनाबाट गराउँदै आएको छ । सेनाको उच्चतम सदुपयोग गर्दै आइरहेका छौं ।’मुलुकको आन्तरिक सुरक्षामा पनि सेना जिम्मेवार भएको उनले बताए ।

नेपाली सेनामा अहिले ८१ हजार २७७ जना कार्यरत रहेका बताए । जसमा ७४ हजार ५०५ पुरुष र ६ हजार ७७२ महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement