नेपाली सेनाले सामर्थ्य बढाउँदै


काठमाडौं – सरकारले द्वन्द्वकालको झाल्को दिने गरी नेपाली सेनाको क्षमता बढाएको छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएसँगै मुलुक स्थायी शान्ति र समृद्धितर्फ प्रवेश गरेको भनिए पनि द्वन्द्वकालकै झल्को आउनेगरी सरकारले घातक तथा गैरघातक सैन्य बन्दोबस्तीका सामान खरिदमा जोड दिएको हो ।

१० वर्षे माओवादी सशस्त्र द्वन्द्व सकिए पनि त्यसका अवशेषका रुपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधि र सीके राउत र उनका समर्थकका देश टुक्राउने एजेन्डा मधेशवादी दलको असन्तुष्टि र भुराजनीतिक अवस्था मुलुकका लागि चुनौती रहेको सेनाले बारम्बार दोहोर्याउदै आएको छ।यद्यपी सरकारले केही दिनअघि मत्र सीके राउत र सरकारबिच ११ बुँदे सम्झौता भएको छ।

नेपाली सेनाका पूवउपरथी विनोज बस्न्यात मुलुक अर्को द्वन्द्वको खतरामा रहेको र त्यसलाई सेनाले बुझेर सैन्य क्षमता विस्तार गरेको बताउँछन्। पछिल्लो २ वर्षको अवधिमा सरकारले सेनालाई ८ वटा हेलिकोप्टर, विष्फोटक पदार्थ उत्पादनका लागि प्लान्ट जडान र २ अर्ब १९ करोड मूल्य बराबरका ४ हजार ६ सय ९२ थान एम–१६ राइफल खरिद गर्न अनुमति दिएको छ। यो खबर आजको नागरिक दैनिकमा छ

प्रतिक्रिया दिनुहोस
Advertisement