विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाइने

विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ।

विपदको समय भएकाले सार्वजनिक खरिद ऐनका प्रावधान बमोजिम विशेष परिस्थितिमा गरिने खरिद अन्तर्गत सरकारले जिटुजी बाट र प्रतिष्पर्धात्मक आधारमा निजी क्षेत्रबाट पनि खरिद गर्न सक्ने गरि दुवै विकल्पलाई खुल्ला राख्ने निर्णय कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले गरेको हो।

यस्तै बैठकले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ।ग्रामीण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर, बिमा सहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय गरेको हो।

मुलुकभर ५० हजार भन्दा धेरै ग्रामीण स्वास्थ्य स्वयंमसेविका रहेकाले उनीहरुलाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता र बिमाको व्यवस्था गर्दै स्थानीय तहमा परिचालन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए।

स्वास्थ्य स्वयमसेवीका परिचालन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थमन्त्रालयसंग समन्वय गरेर कार्यविधि बनाएपछि सोही कार्यविधिका आधारमा परिचालन गरिने उनले जानकारी दिए। उनले विरामीलाई रिसिभ गर्नका लागि नेपाली सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाउने निर्णय पनि भएको जानकारी दिए।याे समाचार नागरिक दैनिकमा छ ।