नेपाली सेनाले फास्ट ट्रयाक निर्माणमा छानेको परामर्श कम्पनी विश्व बैंकको कारबाहीमा


काठमाडौं – विश्व बैंकले राष्ट्रिय गौरवको परियोजना काठमाडौं–तराई फास्टट्रयाक निर्माणमा परामर्श कम्पनीको रुपमा छानिएको कोरियाली कम्पनीलाई कारबाही गरेको छ ।

युसिन इन्जिनियरिङ कर्पोरेसनले भनौतु नामक मुलुकको एभियसन इन्भेस्टमेन्ट प्रोजेक्टमा अनियमितता गरेको भन्दै विश्व बैंकले काम गर्न नमिल्नेगरि बन्देज लगाएको हो । बैंकले सो इन्जिनियरिङ कम्पनीलाई १३ महिनाका लागि बन्देज लगाएको जानकारी दिएको छ ।

विश्व बैंकद्वारा हालै जारी सूचनामा भनिएको छ, ‘यो बन्देजसँगै योसिन अब विश्व बैंकसम्बन्धी संस्थाहरुले सहयोग गर्ने परियोजनामा सहभागी हुनबाट अयोग्य ठहरिएको छ ।’ युसिन कम्पनीलाई नेपाली सेनाले फास्टट्रयाक परियोजनाको परामर्शदाताको रुपमा साढे दुई महिना पहिले छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement