महिला गुल्मपतिले भनिन् – ‘सक्षम भए जसले कमान्ड गरेपनि हुन्छ’


दुई सय भन्दा पचास वर्ष भन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं २०६२ देखि महिलाका लागी इन्फ्रयान्ट्र्रीतर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छु्ट्टै महिला गुल्म खडा गरेर गुल्मको नेतृत्वसमेत महिलालाई दियो गत साउनदेखि सेनाको यो निर्णयसँगै पहिलो पटक महिला सैनिक अधिकृत्तले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्यो । सेनानी मेजर श्रृष्टि खड्कालाई । उपत्यका पृत्तना अन्र्तगत रहेको गोरखाली गुल्मकी गुल्मपति खड्कासँगको कुराकानी

सेनाको जागीर खाने सानैदेखीको रहर हो ?
-होइन् । सेना भनेको केहो भन्ने चाहि थियो । सेनाको जागीर एकदमै इज्जतिलो हुन्छ भन्ने लाग्थ्यो । तर सेनामै जागिर खान्छु भन्ने सोच थिएन् । महिलालाई सेनामा प्रवेश ढिलो गरि खुलेकाले पनि त्यस्तो सोच नआएको हुन सक्छ ।

तपाई नेपाली सेनामा छिर्दा मुलुक माओवादी द्धन्द्धको उत्कर्षमा थियो । त्यस्तोे बेला सेनामा भर्ती हुन डर लागेन् ?
-लागेन् । घरपरिवारको साथ थियो । भर्ती खुलेको छ भन्ने खवर मेरो दाइले सुनाउनुभएको हो । मुलुकलाई अप्ठयारो परेको बेला जिम्मेवारी लिनु पर्छ भन्ने मनमा लाग्यो र फाराम भरिहाले ।

द्धन्द्धमा सहभागी हुनुपर्यो कि परेन् ?
-द्धन्द्धको आमनेसामने गर्नु परेन् । किन भने हामि तालिम पुरा गरेर ,पासआउट हुदा द्धन्द्धले अकोै बाटो लियो । राजनीतिक परिस्थिति फरक ढँगले विकास भैसकेको थियो । ०६२÷०६३ को जनआन्दोलनका बेला काठमाडौँमा कर्फयु लाग्दा भने म ड्युटीमा थिएँ ।

पहिलो महिला गुल्मपतिको जिम्मेवारी सुम्पिएको खबरपछि कस्तो अनुभुति भयो ?
-सुरुमा त नर्भस भएँ । जिम्मेवारी पुरा गर्न सकिनँ भने के होला जस्तो लाग्यो । लगतै एकदमै खुसि लाग्यो । अवसर र चुनौति दुवै एकैसाथ आएको छ । भनेर मनलाई दह्रो वनाए ।

यसलाई अवसर कसरी ठान्नु भयो ?
-फौज कमान्ड एकदमै महत्वपूर्ण अवसर हो । तालिममा सिकेका कुरालाई फिल्डमा लागु गर्न पाइन्छ । त्यसअघि मैले कमान्डबारे तालिम लिएकि थिएँ । तर प्रयोगमा ल्याएकि थिइन् । त्यसैले यसलाई सिकेको कुरा लागु गर्ने अवसर ठानेकि हुँ ।

गुल्मपति हुनुअघि र पछिको भिन्नता के रहेछ ?
-गुल्मको नेतृत्व गर्नु अघि अरुको कमान्डमा र अरुकै निर्णयका आधारमा चल्नुपथ्र्यो । अहिले म आफै निर्णय गर्छु । आफनो निर्णयले सकल दर्जा मात्र होइन् ,सिंङगो सँगठनलाई नै असर गरिरहेको हुन्छ । त्यसैले यस्तो जिम्मेवारीले कामप्रति झनै गम्भीर बनाउने रहेछ ।

अझैपनि पुरुष सम्मिलित टोलिको नेतृत्व महिला सेनाले गरेका छैनन् किन हो ?
-हामि पाएको जिम्मेवारी लिन तयार छु ।

महिलाले सक्दैन भनेर हो कि ?
– नेपाली सेना चेन अफ कमान्डको सिस्टममा चलने संस्था हो । त्यसैले त्यहाँ महिला वा पुरुष कसले नेतृत्व गर्छ भन्ने कुराले त्यति फरक अर्थ राख्दैन् । सक्षम भए जसले कमान्ड गरेपनि हुन्छ ।

सेनाको जागिरे नभएको भए के बन्नुहुन्थ्यो होला ?

-मलाई समाज सेवामा रुचि थियो,छ । त्यसैले कुनै सामाजिक सेवामा हुन्थेँ नभएपनि शिक्षण पेसामा आवद्ध हुने थिएँ होला ।

पहिलो गुल्मपति भएपछि पक्कै पनि पहिलो महिला प्रधानसेनापति हुने महत्वाकांक्षा पनि त होला ?
-म कुनै रेकर्ड बनाउँछु भनेर जागिरमा प्रवेश गरेकी होइन् । पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइन् । काँम गर्दे जाँदा त्यस्तो अवसर आएको हो । प्रधानसेनापति व्यक्तिले चाँहदैमा प्राप्त हुने पद होइन् । यो सिस्टमले गाइड गर्ने कुरा हो । त्यसैले मलाई प्रधानसेनापति बन्छु भनेर इतिहास रच्छु भन्ने लालसा छैन् । सिस्टम र क्षमता अनुसार काम गर्ने हो ।

(नेपाल साप्ताहिकका लागी मनबहादुर बस्नेतले लिएको अन्र्तवार्ता हामीले उपयुक्त ठानेर साभार गरेका हौं । )

फोटो : नेपाल साप्ताहिक

प्रतिक्रिया दिनुहोस
Advertisement