नेपालगन्ज भन्सार कार्यालयको नियम गरिबलाई कानुन गाडी वालालाई सलाम

नेपालगन्ज भन्सार कार्यालयको नियम गरिबलाई कानुन गाडी वालालाई सलाम


नेपालगन्ज – नेपालगन्ज भन्सार कार्यालयले मान्छे अनुसारको भन्सार चेकजांच गर्ने गरेको पाइएको छ ।  सोमबार भारतको बोर्डर रूपैडिहा बजारबाट सामान खरिद गरी नेपाल प्रवेश गर्ने क्रममा भन्सार कार्यालयको यात्रु शाखा चेकजॉच गर्ने क्रममा हुण्डाईको सेतो कार नम्बर बा२०च १६४२ मा थुप्रो संख्यामा ब्लान्केटका साथै घरायसी प्रयोजनका सामान भेटिएको थियो ।

यात्रु शाखामा खटिएका नासुले भन्सार राजस्व कटाउनु पर्छ भनी रोकेका थिए तर कार चालकले मोवाइल घुमाउँदै नासुलाई मोवाइल थमाए । मोवाइलमा कुरा गरेपछि केही नरम हुँदै क्यान्टिन तर्फ लागे । नासु क्यान्टिन तर्फ लागेपछि चेकपोष्टमा उभिएका भन्सार कार्यालयका कार्यालय सहायकले उक्त कार छोडेका थिए ।

सशस्त्र प्रहरीले सुइको पाएपछि सशस्त्र प्रहरी बलका नायब उपरीक्षक निरान्कर नाथ शुक्लाको सक्रियतामा भन्सार मुल गेटमा उक्त कार समातियो । खान तलासी गर्दा ५०थान ब्ल्यांककेट र घरायसी सामान फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक निरान्कर नाथ शुक्लाले बताएका छन् ।भन्सार कार्यालयका एक अधिकारीले सामान जफत हुने बताएपनि कार र चालकलाई छोडेका छन् ।

एक हप्ता अघि नेपालमा उत्पादन भएको सिजी टिभी एक विवाहको कार्यक्रममा लगिएको र फिर्ता आउने क्रममा भन्सार कार्यालयले मुद्दा चलाउनुको साथै रिक्सासहित दुई जनालाई थुनामा राखी अर्को दिन जमानतमा छोडेको थियो ।